चालु आर्थिक वर्षको पहिलो ४ महिनाको अवधिमा वाणिज्य बैंकले २१ अर्ब बढी खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्षको कार्तिक महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले २१ अर्ब १ करोड ११ लाख खुद नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
यस अवधिमा नबिल बैंकले सर्वाधिक २ अर्ब १६ करोड खुद नाफा कमाएको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले १ अर्ब ९४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड तथा प्राइम बैंकले १ अर्ब ५३ करोड खुद नाफा कमाएको छ ।
यस अवधिमा सिद्धार्थ बैंकको खुद नाफा सबै भन्दा कम अर्थात् ३३ करोड ३८ लाख रहेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख, सिटिजन्स बैंकले ५८ करोड ६२ लाख, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख , तथा नेपाल बैंकले ६६ करोड ८१ लाख खुद नाफा कमाएको छ ।
यस अवधिमा कृषि विकास बैंक भने घाटामा रहेको छ । बैंकको खुद नाफा २७ करोड ८८ करोड रहेको छ ।
हेर्नुस कसको कुद नाफा कति ?