धितोपत्र बोर्डलाई मन्त्रालयको पत्र 'हाइड्रोहरुलाई तत्काल आईपीओ र हकप्रदको अनुमति दिनु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 03:37:18 PM मा प्रकाशित

laxmi sunrise bank

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले हाइड्रो कम्पनीहरुको लागि तत्काल आईपीओ र हकप्रद निष्काशनको व्यवस्था गरिदिन आग्रह गर्दै नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ। मन्त्रालयले माघ २५ गते धितोपत्र बोर्डलाई पत्र लेखेको हो ।

मन्त्रालयका सिनियर दिभिजिनल इन्जिनियर राजु महर्जनद्वारा हस्ताक्षर गरिएको पत्रमा 'धितोपत्र बोर्डमा विचारधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुको आईपीओ र राइट शेयर तत्काल जारी गर्ने व्यवस्थाको लागि' अनुरोध गरिएको छ ।

नेपाल धितोपत्र बोर्डमा अध्यक्ष रिक्त हुँदा आईपीओ र हकप्रद निष्काशनको लागि अनुमति दिने प्रक्रिया रोकिएको छ । प्रक्रिया नै रोकिएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सहजीकरण गरिदिन भन्दै उर्जा मन्त्रालयमा आग्रह गरेको थियो । इप्पानले माघ २० गते उर्जा मन्त्रालयलाई पत्र लेखेको थियो। 

उक्त पत्रमा १० हजार मेगावाट क्षमताका आयोजनाहरु पीपीएको पर्खाइमा रहेको, ३ हजार २०० मेगावाट क्षमताका आयोजनाहरु निर्माणधीन रहेको, ३ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणमा जाने तयारीमा रहेको र १२ हजार मेगावाट क्षमताका आयोजनाहरु अध्ययनको चरणमा रहेको उल्लेख थियो । यस्तो अवस्थामा धितोपत्र बोर्डमा विचारधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुको आईपीओ र राइट शेयरको अनुमतिको लागि सहजीकरण गरिदिन इप्पानले आग्रह गरेको थियो ।

सोहि अनुसार मन्त्रालयले इप्पानले पठाएको पत्र समेत संलग्न गरेर 'धितोपत्र बोर्डमा विचारधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुको आईपीओ र राइट शेयर तत्काल जारी गर्ने व्यवस्थाको लागि' भन्दै धितोपत्र बोर्डलाई पत्र पठाएको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved