म्याग्दीमा पुँजी बजार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 07:22:49 PM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दी उद्योग वाणिज्य संघमा लगानीकर्ता सचेतना अभिवृद्धि, प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, नेपाल धितोपब बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ र भिजन सेक्युरिटिज्को आयोजनामा कार्यक्रम सञ्चालन भएको हो । 

कार्यक्रम बुधवारका दिन सञ्चालन भएको हो ।

संघका अध्यक्ष वेल वहादुर कटुवालले लगाीन गर्नु पुर्व सम्बन्धीत विषयको जानकारी लिएर मात्र लगानी गर्नुपर्नेमा जोड दिए । उनले नेपालको शेयर बजारको नियामक निकाय बोर्ड तथा शेयर कारोवार गराउने संस्था सेक्युरिटिजको सहकार्यमा बेनीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना भएकोमा सहकार्य गर्ने संस्थालाई धन्यवाद व्यक्त गरे । 

नियाकम निकायको नीति तथा नियमको बारेमा बोर्डका निर्देशक भुपती पाण्डेले प्रशिक्षण गराएका थिए । शेयर बजार जोखिमको क्षेत्र समेत भएकोले लगानी गर्नु पुर्व के–कस्ता विषयमा ध्यान दिनु पर्दछ, कसरी कारोवार गर्ने भन्ने विषयमा नेपाल धितोपत्र बोेर्डका निर्देशक श्यामु मण्डलले प्रशिक्षण गराए । उक्त कार्यक्रममा लगभग ७५ जना लगानीकर्ताहरुको सहभागिता रहेको जनाइएको छ ।

कार्यक्रममा बोर्डका निर्देशकद्वय भुपती पाण्डे र श्यामु मण्डल, म्यग्दी संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, द्वितिय उपाध्यक्ष लिलाराम गौतम, सेक्युरिटिज्का राफसाफ अधिकृत अमोल बास्कोटा, नेपाल पत्रकार महासंघ, म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यस्तै संघको पहल तथा बोर्ड र सेक्युरिटिज्को सहकार्यमा भएको कार्यक्रममाविभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, व्यवसायीहरु एवं लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

सेक्युरिटिजका अनुसार कार्यक्रमको प्रमुख अतिथि संघका अध्यक्ष बेल बहादुर कटुवाल क्षेत्री थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved