नेप्सेमा सुचिकृत कम्पनीको अवस्था: ८ वाणिज्य बैंक, ६ लघुवित्त, ३ हाइड्रो ए वर्गमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 02:57:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ। नेप्सेले  धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो  । नेप्सेले कम्पनीहरुको पुस मसान्तसम्मको विवरण अनुसार नयाँ वर्गीकरण गरेको हो ।

 साविकमा सूचिकृत संगठित संस्थालाई ए र वि गरी दुईवटामा सीमित गरिएको थियो । तर नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने ब्यबस्था छ । सोहि अनुसार नेप्सेले  संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ बर्गिकरण सार्वजनिक गरेको हो ।  

नेप्सेले गरेको वर्गीकरणमा ३१ कम्पनी मात्र ए मा परेका छन् ।  ८ वटा वाणिज्य मात्र वर्ग ए मा परेका छन् ।   त्यस्तै वर्ग ए मा ७ विकास बैंक, एउटा फाइनान्स, र ६ लघुवित्त परेका छन् ।  वर्ग ए मा एउटा मात्र इन्स्योरेन्स र ३ वटा हाइड्रो परेका छन् ।   पूर्वाधार विकास बैंक निफ्रा पनि वर्ग ए मै परेको छ ।  एचआईडिसीएल, नेपाल टेलिकम , शिवम सिमेन्ट, र हिमालयन डिस्टिलरी पनि वर्ग ए मै परेका छन् ।  

हेर्नुस् कुन कम्पनी कुन वर्गमा परे ?

 

के छ मापदण्ड ?



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved