हिमालयन रिइन्स्योरेन्स सहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 09:37:58 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्स कम्पनी र एशियन लाइफ इन्स्योरेसको लाभांश सुरक्षित गर्ने आज फागुन ६ गते अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारणसभा प्रयोजनको फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै कम्पनीको सभामा ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । कम्पनीले फागुन २० गते साधारणसभा आह्वान गरेको छ । 

त्यस्तै एशियन लाइफले ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले फागुन १८ गते साधारणसभा आह्वान गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved