आज मंगलबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से सूचक १.७६ अंकले घटेर २०३३.०६ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका ३१४ कम्पनीका ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८ रुपैयाँ ४३ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३१ करोड ७३ लाखको कारोबार भएको छ भने साना किसान विकास लघुवित्तको संस्थापक शेयरको १२ करोड ४० लाखको कारोबार भएको छ । त्यस्तै जोशी हाइड्रोको ८ करोड २० लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकैई मूल्य ८.२५ प्रतिशतले बढेको छ । त्यस्तै पिपुल्स हाइड्रोको शेयर मूल्य ७.९२ प्रतिशत हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य ४.७९ प्रतिशत बढेको छ ।
आज कारोबारमा आएका मध्ये ग्रीनलाइफ हाइड्रोको शेयर मूल्य १० प्रतिशत घटेको छ । किसान लघुवित्तको शेयर मूल्य ७.७१ प्रतिशत, खानी खोला हाइड्रोको शेयर मूल्य ४.८३ प्रतिशत, तथा आशा लघुवित्तको शेयर मूल्य ४.५७ प्रतिशत घटेको छ ।आज कारोबारमा आएका मध्ये विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य समुहको समुहगत सूचक बढेको छ । बाँकि समुहगत सूचक घटेका छन् ।
आज कारोबारमा आएका मध्ये १५० कम्पनीको शेयर मूल्य घटेको छ भने ९० कम्पनीको मूल्य बढेको छ ।