नेपाल माईक्रोको साधारणसभा सम्पन्न, आईपीओ ल्याउने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 12:39:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा (एजीएम) सम्पन्न भएको छ । सभा सोमबार कम्पनीको प्रधान कार्यलय भरतपुरमा सम्पन्न भएको हो । 

सभाले विशेष प्रस्तावको रुपमा प्रस्तुत रहेको कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई निश्कासन गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ । यसैगरी, सभाले आ.व २०७९/८० को वार्षिक प्रतिवेदनका साथै वासलात, नाफा, नोक्सान, हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण पारित गरेको छ । यसैगरी, सभाले आ.व २०८०/८१ को लेखापरिक्षण गर्न प्रियंक एण्ड एसोसिएटस्लाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

कम्पनीको संचालक समितिको अध्यक्षमा आशिष श्रेष्ठ, तथा सदस्यहरुमा प्रबिना दाहाल, लतिका गोल्याण र सिद्धान्त झुनझुनवाला ४ वर्षका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

सभाले स्वतन्त्र संचालकमा बद्री सिग्देललाई नियुक्त गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved