४ दिनपछि शेयर बजारमा करेक्सन, ९.५४ अंकले घट्यो नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 03:26:07 PM मा प्रकाशित

laxmi sunrise bank

काठमाडौं ।साताको चोथौ कारोबार दिन बुधबार शेयरबजारमा करेक्सन आएको छ । 

यो दिन नेप्से ९.५४ अंकले घटेर २ हजार १७.९७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने बजार बढेर २ हजार २५.४१ विन्दुमा बन्द भएको थियो । यसअघि बजार लगातार चार दिनसम्म बढेको थियो । मंगलबार भने  बजार २ हजारको मनोवैज्ञानिक विन्दु माथि उक्लिएको थियो ।

लगातार बढेको बजारमा सामान्य करेक्सन हुनु स्वभाविक रहेको लगानीकर्ताहरुले बताएका छन् । यो दिन राम्रा र बलिया कम्पनीहरुको बजार मापक सेन्सेटिभ इन्डेक्स पनि २.१७ अंकले घटेर ३५८.०९ विन्दुमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१५ वटा कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो दिन कारोबार पनि घटेको छ ।

 यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूहरु मध्ये उत्पादन तथा प्रोसेसिङ, म्युचुअल फण्ड र व्यापार उपसमूह बाहेक अरु बाँकी घटेका छन् ।

यो दिन सबैभन्दा बढी विकास बैंक उपसमूह घटेको छ । उक्त उपसमूह ०.९६ प्रतिशतले घटेको छ । त्यस्तै अन्य उपसमूह ०.९४ प्रतिशतले घटेको छ । यस्तै होटल एन्ड टुरिजम र हाइड्रोपावर समान ०.८० प्रतिशतले घटेको छ ।उता लगानी उपसमूह भने ०.७० प्रतिशतले घटेको छ ।

त्यसैगरी, यो दिन उत्पादन तथा प्रोसेसिङ उपसमूह सबैभन्दा धेरै बढेको छ । यो उपसमूह १.४० प्रतिशतले बढेको छ ।त्यस्तै व्यापार उपसमूह  १.१६ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनीहरु

 यो दिन पनि लघुवित्त कम्पनीका  शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । जसअन्तरगत उपकार लघुवित्त र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, यो दिन मान्डू हाइड्रोपावरको शेयर मूल्य ६.०३ प्रतिशतले बढेको छ । यस्तै बुद्धभूमि हाइड्रोपावरको शेयर मूल्य ५.६९ प्रतिशतले बढेको छ ।

यो दिन गुराँस लघुवित्त  वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै ओरेन्टियल होटल्सको शेयर मूल्य ५.५८ प्रतिशतले घटेको छ । उता सीईडीबी हाइड्रोपावरको शेयर मूल्य पनि ४.०३ प्रतिशतले घटेको छ ।तमोर हाइड्रोपावरको शेयर मूल्य पनि ३.९१ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी कारोबार पीपुल्स पावर कम्पनीको छ । उक्त कम्पनीको ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

त्यस्तै नेपाल फाइनान्सको १० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । उता साँग्रिला डेभलपमेन्ट बैंकको ७ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved