शेयर बजारमा राष्ट्र बैंक अझै देखिएन लचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2024 | 11:42:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार गरेको छ  ।

 समीक्षामार्फत् अधिकांश क्षेत्रमा केन्द्रीय बैंकले लचक नीति अपनाएको भएपनि पूँजीबजारको हकमा भने लचकता अपनाएको पाइएन। केन्द्रीय बैंकले अझै पनि पूँजीबजार सम्बद्ध लगानीकर्ताहरुले  बारम्बार उठाउँदै आएका मागहरु बारे सम्बोधन गर्न यसपटक पनि ध्यान दिएको छैन । 

लगानीकर्ताले शेयरधितो कर्जाको क्याप हटाउनुपर्ने र जोखिमभार घटाउनुपर्ने माग गरिरहेको भएपनि त्यसलाई केन्द्रीय बैंकले सम्बोधन गरेको छैन।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जामा जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ कायम गरेको थियो। 

 लगानीकर्ताले आशा गरेअनुरुपको मौद्रिक समीक्षा नआएको बताएका छन् ।शेयर बजार लामो समयदेखि साइडवेजमा चलिरहेको सन्दर्भमा  यो पटक  पनि केन्द्रीय बैंकबाट  नीतिगत सुधार हुन नसकेको लगानीकर्ता पेशल दाहालले  बताए । उनका अनुसार केन्द्रीय बैंकले  यो पटक पनि पूँजीबजारलाई उपेक्षा गरेको छ ।

उता केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको लागि सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने घोषणा गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved