
साबिक नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाममा शेयर कारोबार हुन लागेको हो ।
मर्जरपछि उक्त कम्पनीको नाममा १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शुक्रबार सूचीकृत भएको हो ।
नेप्सेले मर्जरपछि पहिलो कारोबारका लागि उक्त कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता ५८७.८६ रुपैयाँ तोकेको छ।
साबिक नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त १ : १ अनुपातमा मर्जर भएका थिए।