
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर संरचना परिवर्तन भएको छ ।
कम्पनीले संस्थापकतर्फको केहि शेयर स्वामित्व सर्वसाधारणमा परिणत गरेको हो । जसअनुसार कम्पनीको संस्थापकतर्फ ५९.४प्रतिशत र सर्बसाधारणतर्फ ४०.६ प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।
परिवर्तित शेयर संरचना अनुसार कम्पनीको कुल शेयरसंख्या १ करोड ३२ लाख कित्तामध्ये संस्थापकतर्फ ७८ लाख ४० हजार ८०० कित्ता र सर्बसाधारणतर्फ ५३ लाख ५९ हजार २०० कित्ता अभिलेख गरिएको नेप्सेले जानकारी दिएको छ ।