साताको शेयर बजार : ५२.५३ अंकले बढेको बजार अब कता जाला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2024 | 06:16:56 PM मा प्रकाशित

laxmi sunrise bank

यो साता शेयर बजार बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को तथ्यांक हेर्दा यो साता बजार २.६७ प्रतिशतले बढेको छ  । गत साता अन्तिम  कारोबार दिन १ हजार ९६६.२३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार १८.७६ को विन्दुमा बन्द भएको छ। यसलाई आधार मान्दा यो साता बजार ५२.५३ अंकले बढेको छ।अघिल्लो साता भने बजार ३२.५३ अंकले थियो ।  

बजार बढ्दा यो साता नेप्से उपसमूहमा रहेका १३ वटा उपसमूहमध्ये ११ वटा बढेका छन् भने दुई वटा घटेका छन् । अर्कोतर्फ  हेर्दा यो साता शेयर बजारमा पाँच दिन नै  कारोबार भएको छ । जसमा  तीन दिन बजार बढेको थियो भने एक दिन घटेको थियो । बजार एक दिन भने स्थिर थियो । 

यो साता दोस्रो बजारमा १८.५९ अर्ब रुपैयाँको कारोबार भएको छ भने अघिल्लो साता १४.४९ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

बजार बढ्दा यो साता बजार पूँजीकरण ३२ खर्ब १ अर्ब १६ करोड कायम भएको छ । अघिल्लो साता बजार पूँजीकरण ३१.१७ खर्ब रुपैयाँ थियो ।यो साता बजार पूँजीकरण ८४ अर्ब रुपैयाँले बढेको छ  ।  

अर्थात् यो साता दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबै बढेको छ । यो साता लघुवित्त कम्पनीका लगानीकर्ताले रामो आम्दानी गरेका छन् । यो साता लघुवित्त समूहको सूचक सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ ।

यो साता बैंकिङ समूह पनि  बढेको छ । साताभर यो समूहको सूचक ३.१४ प्रतिशतले बढेको छ ।पछिल्ला केहि सातादेखि शेयर बजारमा सेक्टर रोटेसन देखिएको छ । 

लामो समयदेखि घट्दै आएको नेप्से परिसूचकमा यो साता भने सुधारको संकेत देखिएको छ । ब्रोकर कमिसन पनि घटेको छ । नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासको मोद्रिक नीतिको पनि समीक्षा  गरेको छ।

अहिले पूँजीबजार निकै न्यून विन्दुमा छ । समीक्षामार्फत् अधिकांश क्षेत्रमा केन्द्रीय बैंकले लचक नीति अपनाएको भएपनि पूँजीबजारको हकमा भने लचकता अपनाएको देखिदैन  तापनि  आगामी दिनमा अर्थतन्त्रमा सुधा आउने अपेक्षा  गर्न सकिन्छ । तर कतिपय लगानीकर्ताहरु केन्द्रीय बैंकले अझै पनि पूँजीबजार सम्बद्ध मागप्रति मौन बसेको भएता पनि सम्बोधनतर्फ ध्यान नदिएको बताउँछन् ।  

लगानीकर्ता केशव दाहाल शेयरधितो कर्जाको क्याप हटाउनुपर्ने र जोखिमभार घटाउनुपर्ने माग गरिरहेको भए पनि त्यसलाई केन्द्रीय बैंकले सम्बोधन नगरेको बताउँछन्।

उनका अनुसार आर्थिक सूचकहरु सकारात्मक नै रहेको अवस्थामा मौद्रिक नीतिबाट कस्न खोज्नु राम्रो होइन । मौद्रिक नीतिको समीक्षाबाट पूँजबजारलाई बेवास्ता गर्न खोजिए पनि बजार स्वभाविक प्रक्रियामा अब अगाडि बढ्छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved