समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सोमबार नेपाल स्टक एक्सचेन्ज( नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको २ लाख १३ हजार ७२०.७१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिने छ ।
कम्पनीको गत चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५.४२२२ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।