आरएसडिसी लघुवित्तको शेयर संरचना परिवर्तन, सर्वसाधारणतर्फ ४९ प्रतिशत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2024 | 05:55:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर संरचना परिवर्तन भएको छ ।

कम्पनीले संस्थापकतर्फको शेयर स्वामित्वमध्ये नौ प्रतिशत सर्वसाधारणमा परिणत गरेको हो ।यसअघि संस्थापकतर्फ कायम रहेको ६० प्रतिशत स्वामित्व घटर ५१ प्रतिशत कायम भएको छ । सर्वसाधारणमा नौ प्रतिशत शेयर संस्थापकबाट परिणत भएसँगै सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।

कम्पनीका अनुसार कुल शेयर संख्या ९४ लाख ४३ हजार ५१०.६५ कित्तामध्ये संस्थापकतर्फ ४८ लाख १६ हजार १९०.४३ र सर्वसाधारणतर्फ ४६ लाख २७ हजार ३२०.२२ कित्ता कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved