मुक्तिनाथ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2024 | 01:34:16 PM मा प्रकाशित

मुक्तिनाथ क्यापिटलले डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

खातावालले प्रत्येक आर्थिक वर्षमा १०० रुपैयाँको दरले वार्षिक नविकरण शुल्क बुझाउनु पर्ने हुन्छ ।

कम्पनीले बुुझाउनुुपर्ने रकम २०८१ असार मसान्त भित्र क्यापिटल वा मुुक्तिनाथ विकास बैंक वा लुम्बिनी विकास बैंकमध्ये कुनै एकको नजिकको शाखामा सम्पर्क राखि वार्षिक नविकरण शुल्क भुक्तानी गर्न भनेको छ ।

खातावालहरुले मेरो शेयरमा गई विभिन्न विद्युुत्तीय भुुक्तानी माध्यमहरुबाट भुक्तानी गर्न सक्ने छन् । वार्षिक शुल्क वापत बैंक खातामा शुल्क जम्मा गर्दा हितग्राही खातावालको नाम, थर, हितग्राही खाता नम्बर स्पष्ट हुुनुपर्नेे छ ।

साथै,उक्त क्यापिटलले १ हजार ९९९ रुपैयाँ भुक्तानी गरेमा पनि आजीवन डिम्याट र मेरोशेयर खाता योजनाको सुविधा अन्तरगत वार्षिक नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिने बताएको  छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved