२१ सय विन्दुमाथि नेप्से, लगानीकर्तामा यसकारण बढ्दैछ उत्साह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2024 | 03:20:02 PM मा प्रकाशित

laxmi sunrise bank

साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ ।

यो दिन शेयर बजार २३.९४ अंकले बढेको छ । यो दिन नेप्से परिसूचक बढेर २ हजार ११५.९४ विन्दुमा बन्द भएको छ ।बजारले २ हजार १०० को मनौबैज्ञानिक विन्दु पनि पार गरेको छ ।यो दिन राम्रा र बलिया कम्पनी मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स पनि ३.५३ अंकले बढेर ३७७.६० विन्दुमा पुगेको छ ।

साताको पहिलो कारोबार दिनदेखि नै बजार बढेको छ । जसका कारण लगानीकर्ताको मनोबल पनि बढेको छ । झण्डै तीन वर्षदेखि वियरिस चक्रमा रहेको बजारमा अब केहि उत्साह आउने आशामा लगानीकर्ता छन् । जसका कारण बजार २ हजार १०० को मनौवैज्ञानिक विन्दुभन्दा माथि टिक्न सफल भएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेलगत्तै लगानीकर्ता सकारात्मक छन् । यो समीक्षापछि बैंक तथा वित्तीय संस्थाले शेयर बजारमा लगानी बढाउन सक्ने छन् ।आगामी दिनमा बजार बढ्ने संकेत पाएपछि केहि दिन यतादेखि लगानीकर्ताहरुमा सकारात्मक माहोल छाएको छ । लगानीकर्ताको यहि मनोविज्ञाका कारण पनि बजार बढेको हुन सक्ने लगानीकर्ता केशव दाहाल बताउँछन् ।

यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३१७ वटा कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर ५ अर्ब २० करोड रुपैयाँभन्दा बढीमा बिक्री भएको छ ।

अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

यो दिन पाँच वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सकारात्क सर्किट लागेको  छ।  यस दिन जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै यो दिन नेप्सेमा  सूचीकृत १३ वटा उपसमूहमध्ये ११ वटा उपसमूहका सूचक बढेका छन् ।  बढेको छ भने दुई वटा उपसमूहको परिसूचक घटेको छ। यो दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक घटेको छ । त्यस्तै वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ।

यसैगरी, यो दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। 

यसैगरी, यो दिन इष्टर्न हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर र महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि नौ प्रतिशतले बृद्धि भएको छ।

त्यस्तै यो दिन  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ।

यो दिन कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा छ। उक्त कम्पनीको २४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने कालिका पावरको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै माउन्टेन इनर्जी र सिंगटी हाइड्रो इनर्जीको कारोबार रकम १० करोड रुपैयाँभन्दा बढी छ ।यो दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक घटेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved