नेप्सेमा थपियो ३ करोड २२ लाख कित्ता,सबैभन्दा धेरै बोनश शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2024 | 12:36:58 PM मा प्रकाशित

धितोपत्रको दोस्रो बजारमा गत बैशाख महिनामा कुल ३ करोड २२ लाख ६६ हजार ९६९ कित्ता शेयर थपिएको छ ।

 बैशाखमा पाँच वटा अलग-अलग कम्पनीका बोनस सेयर र हकप्रद सेयर सूचीकृत भएका हुन् ।जसमा तीन वटा कम्पनीको बोनश शेयर छ भने बाँकीको हकप्रद शेयर छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार उक्त अवधिमा एशियन लाइफ इन्स्योरेन्सको २४ लाख ४५ हजार ३५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता र ग्लोबल आईएमई बैंकको ३५ लाख ७७ हजार १०५, बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, रिडी पावरको ७७ लाख ४४ हजार ५०६ कित्ता र सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको  छ । 

गत बैशाखमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत भएको छ । कम्पनीले १ प्रतिशत बोनस शेयर बापतको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर गत बैशाख १० गते नेप्सेमा सूचीकृत गराएको थियो । 

नेप्सेमा सेयर सूचीकृत भइसकेपछि संख्याका आधारमा नयाँ मूल्य समायोजन हुने गर्दछ ।दोस्रो बजारमा सूचीकृत भएसँगै उक्त कम्पनीहरुको शेयर कारोबार भइसकेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved