अघिल्लो दिनलाई पछ्याउँदै अगाडि बढ्यो बजार, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2024 | 03:27:21 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो कारोबार दिन बुधवार पनि बजार बढेको छ ।

यो दिन नेप्से परिसूचक १५.५४ अंकले बढेर २ हजार १३१.४९ विन्दुमा पुगेको छ ।अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से २३.९४ अंकले बढेर २ हजार ११५.९४ को बिन्दुमा बन्द भएको थियो। यस्तै, नेप्सेमा सोमबार २७.५४ अंक र आइतबार ४५.६९ अंकको सुधार आएको थियो। 

गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि शेयर बजार लगातार दोहोरो अंकले बढिरहेको छ। 

यो दिन सेन्सेटिभ इन्डेक्स पनि ५.०६ अंकले बढेर ३८२.६७ विन्दुमा पुगेको छ ।यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये  ३१८ वटा कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ५ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएको छ ।

नेप्सेमा सू्रचीकृत उपसमूहहरुमध्ये यो दिन बैकिंक उपसमूह सबैभन्दा धेरै बढेको छ ।  यो उपसमूह ४.२३ प्रतिशतले बढेको छ ।अन्य तीन उपसमूह होटल्स एन्ड टुरिजम १.९० प्रतिशत,म्युचुअल फण्ड ०.३६ प्रतिशत र विकास बैंक उपसमूह ०.३३ प्रतिशतले बढेका छन् ।

यो दिनको कारोबार र रकमलाई आधार मान्दा अब विस्तारै बजारले गति लिने देखिन्छ । यसका अतिरिक्त लगानीकर्ताहरु बैंकिङ समूहमा आकर्षित भएको जस्तो देखिएको छ ।यो दिनको कारोबार र रकमलाई आधार मान्दा अब विस्तारै बजारले गति लिने देखिन्छ ।

यसका अतिरिक्त लगानीकर्ताहरु बैंकिङ समूहमा आकर्षित भएको जस्तो देखिएको छ ।केहि दिनयतादेखि विशेषगरी वाणिज्य बैंकहरुको शेयरमूल्यमा वृद्धि भइरहेको छ । केहि वर्षयतादेखि नै यो समूह सुस्त थियो ।

यो दिन सबैभन्दा अग्रस्थानमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रहेको छ । यो कम्पनीको २४ करोड ४२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै पोखरा फाइनान्सको २१ करोड १२ लाख रुपैयाँ भन्दा बढी शेयर कारोबार भएको छ ।

यसैगरी, यो दिन सीईडीबी हाइड्रो पावरको १७ करोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।यो दिन फर्स्ट माइक्रोफाइनान्सको १७ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै नबिल बैंकको  १५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंकको १२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सको भने ११ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । उता शिवम सिमेन्टको भने ९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको  ८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै यो दिन एनएमबि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.४७ प्रतिशतले बढेको छ ।

यो दिन  मानुषी लघुवित्त वित्तीय संस्थाकाको शेयरमूल्य ८.०५ प्रतिशतले घटेको छ । त्यस्तै मध्य भोटेकोशी हाइड्र्रोपावरको शेयरमूल्य ६.०६ प्रतिशतले घटेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved