एनआई सी एशिया बैंकले ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी उक्त परिमाणको शेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले जेठ २० गतेसम्म एनआई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली, काठमाडौंमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
साथै, यसका कर्पोरेट शाखा कार्यालयहरु क्रमशः बिराटनगर, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा , श्रवणपथ बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतबाट पनि बोलपत्र आवेदन फारम बुझाउन सकिन्छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने कम्पनीले बताएको छ ।सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको नाममा रहेको उक्त शेयर कम्पनीले बिक्री गर्न लागेको हो।