नाफा बुक गरेपछि नेप्सेमा करेक्सन,२२ अंकले घट्यो बजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2024 | 03:17:33 PM मा प्रकाशित

laxmi sunrise bank

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेको छ ।

यो दिन अघिल्लो दिनको तुलनामा बजार २२.१४अंकले घटेर २ हजार १०९.३४ विन्दुमा  बन्द भएको छ । गत साता बजार बढेर २ हजार १३१.४९ विन्दुमा बन्द भएको थियो ।अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको थियो ।

राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि यो दिन ३.४४ अंकले घटेर ३७९.२४ विन्दुमा बन्द भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २१३ वटा कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । यो दिन २९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको शेयर मूल्य घटेको छ ।

 यो दिन १३ वटा उपसमूहमध्ये दुई वटा समूहको सूचकमात्र सकारात्मक छन् । होटल तथा पर्यटन समूह र म्युचुअल फण्ड  उपसमूह बढेको छ भने बाँकी सबै उपसूहमा रातो पोतिएको छ ।

केहि सातादेखि बढेको बजार यो दिन करेक्सन भएको  छ । पछिल्ला दिनहरुमा लगातार बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय हुँदा बजार प्रभावित भएको हो । त्यसो त पछिल्ला पाँच कार्य दिनलाई हेर्ने हो भने बजार लगातार बढेको देखिन्छ । सो अवधिमा बजार ११३.५ अंकले बढेको छ । यसरी बढेको बजारबाट लगानीकर्ताहरुले प्रोफिट बुक गरेको देखिन्छ । 

यस दिन कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लागेको छ । यसैगरी, सिटि होटलको शेयरमूल्य ८.२४ प्रतिशत बढेको छ भने सनराइज ब्लुचिप फण्डको इकाईमूल्य ८.०९ प्रतिशतले बढेको छ। त्यस्तै, यो दिन इन्फिनिटी लघुवित्त र विन नेपाल लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ।

यो दिन रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। उक्त कम्पनीको १५ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

 यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ। उता यसैदिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशत घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved