सर्वसाधारणका लागि छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2024 | 09:03:08 AM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापकतर्फको शेयर बिक्रीमा राखेको छ ।

कम्पनीले सोमबार एक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जनाएको हो ।

उक्त परिमाणको शेयर खरिदका लागि अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि बिक्री आवेदन खुलाइएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागिएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved