
कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ।
सोमबार कम्पनीको १० प्रतिशत अर्थात् ७ लाख ९३ हजार ५०० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो ।
कम्पनीको शेयर सूचीकृत भएसँगै शेयरधनीले मंगलबारबाट कारोबार गर्न सक्नेछन् ।
कम्पनीले यसअघि आर्थिक वर्ष २०७९८० को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।