रसुवागढी हाइड्रोपावर कम्पनीको ६८ लाख ४२ हजार कित्ता शेयर सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2024 | 02:51:09 PM मा प्रकाशित

laxmi sunrise bank

रसुवागढी हाइड्रोपावर कम्पनीको थप शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार  सूचीकृत भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ६८ लाख ४२ हजार १०० कित्ता शेयर सूचीकृत भएको हो । 

कम्पनीले २०७९ असार १३ देखि २०७९ साउन १० गतेसम्म रसुवाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता साधारण शेयर निष्कासन गरेको थियो । 

बाँडफाँट भएको मितिले ३ वर्षसम्म लकइन रहने कानूनी व्यवस्था छ । कम्पनीको उक्त शेयर आगामी भदौ २८ गतेपछि कारोबारयोग्य हुने कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख  छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved