बजेटको पूर्वसन्ध्यामा नेप्सेमा झिनो अंकको सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2024 | 03:36:20 PM मा प्रकाशित

laxmi sunrise bank

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ।

आइतबारको करेक्सनपछि यो दिन पनि नेप्सेले बढ्ने क्रमलाई निरन्तरता दिएको छ। यो दिन नेप्से परिसूचक ३.८९ अंक बढेर २ हजार ११३.२४ विन्दुमा बन्द भएको छ। यसैगरी, यो दिन सेन्सेटिभ इण्डेक्स ०.३० अंकले घटेर ३७८.९२ अंकमा झरेको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८१ /०८२ को को बजेट मंगलबार अपरान्ह सार्वजनिक गर्दैछ । बजेट सार्वजनिक हुनुभन्दा अघिको अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भएको हो।

आजको कारोबारले शेयर बजारका लगानीकर्ता बजेटको प्रतीक्षामा रहेको देखाएको छ । बजेटको अन्तिम तयारी भइरहँदा यो दिन शेयर बजार पनि सामान्य रह्यो । लगानीकर्ताले बजेटमा ‘पर्ख र हेर’को रणनीति अवलम्बन गरेको जस्तो देखिन्छ ।

अघिल्लो कारोबार दिन आइतबार अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा नेप्सेमा करेक्सन आएको थियो।

यो दिन बजार बढेको भएपनि कारोबार भने घटेको देखिएको छ । अघिल्लो कारोबार दिन आइतबार ४ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएकोमा यो दिन ३१७ वटा कम्पनीको ९३ लाख ३० हजार कित्ता शेयर ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँमा खरिदबिक्री भएको छ।

यो दिन दुई वटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीमा मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजीङ्ग कम्पनी रहेको छ ।

यसैगरी, यो दिन कालिञ्चोक दर्शनको शेयरमूल्य ९.७९ प्रतिशतले बृद्धि भएको छ भने पोखरा फाइनान्सको शेयरमूल्यक करिब साढे ८ प्रतिशतले बृद्धि भएको  छ। त्यस्तै यो दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १० वटा समूह बढेको छ भने तीन वटा समूहमा रातो पोतिएको छ । यो दिन लगानी समूहमा सबैभन्दा धेरै बढेको छ ।यो उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ।

त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक १.४१ प्रतिशत बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।

यो दिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्राक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा छ। उक्त कम्पनीको २० करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी, यो  दिन सीईडीबी हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । यस्तै, पोखरा फाइनान्सको करिब साढे १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved