२१ सय विन्दुबाट उकालो लाग्यो नेप्से, बजारले लय समातेको लगानीकर्ताको भनाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2024 | 03:13:30 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो कारोबार दिन मंगलबार बजार ३३.१५ अंकले बढेको  छ। यो दिन ३३.१५अंकले बजार बढेर २ हजार ११५.२४ विन्दुमा बन्द भएको  छ।

अघिल्लो कारोबार दिन सोमबार भने बजार ८.४९ अंकले बढेको थियो।यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक पनि ४.१८ अंकले बढेर ३७३.२३ विन्दु कायम भएको छ ।

यो दिन कारोबार भएका ३११ वटा कम्पनीमध्ये २०३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै दुई वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३११ वटा कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ पटकको कारोबारमा  ५अर्ब  ५५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । 

यो दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।यसले आगामी दिनमा बजारले अझै बजार अगाडि बढ्दै लय समात्ने संकेत गरेको  छ।  मौद्रिक नीतिको तेस्रो त्रमासिक समीक्षापछि केहि समय नेप्से २१ सय अंक माथि पुगेको थियो । तर त्यो धेरै दिन टिक्न सकेन ।

बैंकहरुले असार महिनाका लागि ब्याजदर घट्ने चर्चासँगै शेयरबजार बढेको हो । बजेट सार्वजनिकपछि पुनः सूचक २ हजारकै लाइनमा तलमाथि गर्दै घुमिरहेको थियो ।एक  जना लगानीकर्ता रामविनय पण्डितको भनाईलाई आधार मान्ने हो भने नेप्से र कारोबार पनि बढेका कारण बजार अब अगाडि बढ्छ । उनका अनुसार बजार घट्नु पर्ने अन्य केहि कारण पनि छैन ।

नेपाल राष्ट्र बैंकले आइतबार नै आगामी मौद्रिक नीतिको समीक्षाका लागि राय सुझाव दिन अनुरोध गरेको छ । आगामी साउन महिना १५ गते भित्रमा मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी छ ।आफू जाँदाजाँदै गर्भनर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति लचिलो हुने बताइसकेकोले पनि बजारले अबका दिनमा गति लिने विश्वास आफूले लिएको उनको भनाइ  छ।

यो दिन पनि शिर्ष कारोबार एनआरएन इन्फ्रास्टक्चरको छ । उक्त कम्पनीको ३६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै माउन्टेन इनर्जीको पनि २३ करोड १७ लाख रुपैयाँभन्दा बढीको  शेयर खरिदबिक्री भएको छ । यसैगरी, ग्लोबल आईएमई लघुवित्तको १० करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

यो दिन पाँच वटा अलग-अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा कुथेली बुखारी स्मल हाइड्रोपावर,बरुन हाइड्रोपावर,ग्रिन भेन्चर हाइड्रोपावर,भगवती हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । त्यस्तै एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य ९.०८ प्रतिशतले बढेको छ । 

यसैगरी, यो दिन सामलिङ हाइड्रोपावरको शेयरमूल्य ५.८१ प्रतिशतले घटेको  छ। त्यस्तै कुमारी इक्विटी फण्डको इकाईमूल्य ४.९४ प्रतिशतले घटेको छ।

यो दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ  ।यस दिन सबैभन्दा बढी हाइड्रोपावर उपसमूहको परिसूचक २.५८ प्रतिशतले बढेको छ। त्यस्तै जीवन बीमा उपसमूह २.४० प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बीमा उपसमूह २.१९ प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved