धितोपत्र बजारमा थपियो करिब १५ करोड कित्ता शेयर,सबैभन्दा बढी बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2024 | 08:09:18 AM मा प्रकाशित

धितोपत्र दोस्रो बजारमा गत जेठ महिनामा मात्रै १४ करोड ७१ लाख ३९ हजार २८२ कित्ता सूचीकृत भएको छ । जसमा  एक कम्पनीको आईपीओ, हकप्रद शेयर र बोनस शेयर रहेको छ।  

गत जेठ महिनामा सूचीकृत भएका अधिकांश कम्पनीले बोनस शेयर दिएका  थिए  ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार गत जेठ महिनामा रसुवागढी हाइड्रोले स्थानीयका  लागि निष्कासन गरेको आईपीओ सूचीकृत भएको छ । गत जेठ १४ गते उक्त कम्पनीको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ सूचीकृत भएको हो ।

त्यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको गत जेठ २ गते ९ लाख ८१ हजार ९० कित्ता संस्थापकतर्फको हकप्रद शेयर र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि गत जेठ ७ गते १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर  सूचीकृत भएको छ।

यसैगरी,एनआईबिएल स्टेबल फण्डको ११ करोड ३० लाख इकाई जेठ ११ गते सूचीकृत भएको छ । यसका साथै एनएलजी इन्स्योरेन्स, समता घरेलु लघुवित्त, डिप्रोक्स लघुवित्त, माउन्टेन ईनर्जी,युनाइटेड इदी–मार्दी, कालिका पावर, स्वरोजगार लघुवित्त, नेपाल हाईड्रो डेभलोपर र साल्ट ट्रेडिङ कर्पोरेशन को बोनस शेयर पनि दोस्रो बजारमा सूचीकृत भएको छ ।

उक्त अवधिमा एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार६०१.६९ कित्ता बोनस शेयर,समता घरेलु लघुवित्त वित्तीय संस्थाको २ लाख १३ हजार७२०.७१,डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार८८.१६ किता बोनस शेयर, माउन्टेन ईनर्जीको २९ लाख ५२ हजार ४० कि.५ किता बोनस शेयर सूचीकृत भएको छ ।

त्यसैगरी, युनाइटेड इदी–मार्दी,को २ लाख ३१ हजार कित्ता बोनस शेयर,कालिका पावरको ७ लाख ९३ हजार५०० कित्ता बोनस शेयर, स्वरोजगार लघुवित्तको ४लाख ३९ हजार ४०.६५ कित्ता बोनस शेयर, नेपाल हाईड्रो डेभलोपरको २ लाख ३५ हजार १४८.५५ कित्ता बोनस शेयर र साल्ट ट्रेडिङ कर्पोरेशनको ४ लाख १८ हजार३२६.४६ कित्ता बोनस शेयर पनि सूचीकृत भएको  छ।

 दोस्रो बजारमा सूचीकृतपश्चात सम्बन्धित कम्पनीहरूले शेयरधनीहरूको हितग्राही खातामा यी धितोपत्र पठाइसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved