सम्हालिन खोज्दै नेप्से, वित्त उपसमूहमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2024 | 03:17:51 PM मा प्रकाशित

साताको तेस्रो कारोबार दिन बुधबार बजार बढेको छ ।

यो दिन नेप्से परिसूचक २.२७ अंकले बढेर २ हजार ७८.७६ विन्दुमा बन्द भएको छ ।अघिल्लो कारोबार दिन मंगलबार बजार १८.७६ अंकले घटेर २ हजार ७६.४९ विन्दुमा बन्द भएको थियो। उक्त दिन ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।यो दिन पनि नेप्से सामान्य अंकले बढेपछि कारोबार भने घटेको  छ। यो दिन ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

केहि दिन यतादेखि घटेको बजार बुधबार भने सम्हालिन खोजेको जस्तो देखिएको  छ।विद्याधर मल्लिकको प्रतिवेदनलाई आधार बनाएर कतिपयले करको भार थोपरिने हल्ला फैलाएपछि मंगलबार बजार प्रभावित भएको थियो तर यो हौवा मात्र सावित भएपछि यो दिन बजार सम्हालिएको छ । कतिपय लगानीकर्ता ब्याजदर घट्दै गएको, बैंकिङ प्रणालीमा अधिक तरलता पनि रहेको अवस्थामा बजार घट्नु पर्ने कारण अन्यथा केहि नरहेको बताउँछन् ।

यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक पनि ०.५५ अंकले बढेर ३६७.७५ विन्दु कायम भएको छ ।यो दिन कारोबार भएका ३०८ वटा कम्पनीमध्ये १३५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ८ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

यो दिन  शिर्ष कारोबार नेपाल फाइनान्सको छ । उक्त कम्पनीको २० करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, गोर्खा फाइनान्सको ९ करोड ६६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै सीईडीबी हाइड्रोपावरको ७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

यो दिन नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतको दरले बढेको छ । त्यस्तै  समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ । यस्तै कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयरमूल्य ९.३८ प्रतिशतले बढेको  छ।त्यस्तै मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ८.२८ प्रतिशतले बढेको छ ।

यसैगरी, यो दिन मनकामना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको  छ। त्यस्तै यो दिन कुमारी सबल योजनाको इकाई मूल्य ३.०६ प्रतिशतले घटेको छ।यस्तै एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाई मूल्य पनि २.४७ प्रतिशतले घटेको छ।

नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये यस दिन  बैंकिङ,वित्त,हाइड्रोपावर,लघुवित्त,निर्जीबन बीमा र अन्य उपसमूहमा हरियाली छाएको छ भने अन्यमा रातो पोतिएको छ ।यो दिन सबैभन्दा बढी वित्त उपसमूह २.६२ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर कम्पनी ०.३२ प्रतिशतले बढेको  छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved