संसदमा पनि उठ्यो धित्रोपत्र बोर्डबारे प्रश्न,‘धितोपत्र बोर्ड कि ढिलोपत्र बोर्ड ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 12:54:56 PM मा प्रकाशित

 नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भएको ढिलाइ बारे अन्तत : संसदमा पनि प्रश्न उठेको छ । सांसदहरुले धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डमा तत्काल अध्यक्ष नियुक्त गर्न माग गरेका छन् । 

प्रतिनिधिसभामा बिहीबार बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टिका सांसद हरि ढकालले बोर्डको अध्यक्ष तत्काल नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।उनले धितोपत्र बोर्ड कि ढिलोपत्र बोर्ड भनेर व्यंग्यसमेत गरेका छन् ।

उनीमात्र होइन अन्य सांसदहरुले पनि राजनीतिक खिचातानीका कारण बोर्डमा अध्यक्ष हुन नसकेको भन्दै सरकारले धितोपत्र बजारलाई बेवास्ता गर्न खोजेको बताए ।

सांसद ढकालले राजनीतिक खिचातानीका कारण बोर्डको अध्यक्ष नियुक्त हुन नसकेको पनि बताए ।

 उनले भने, ‘चैत २५ गते ५ जनाको नाम सर्टलिस्ट भएकामा खिचडी भाग लगाउन कतिबेर लगाएको?', उनले भने, ‘बोर्डमा तत्काल अध्यक्ष नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराउँछु।'

खुला प्रतिस्पर्धाबाट बोर्ड अध्यक्ष नियुक्त हुने विधि भएको अवस्थामा सत्ताघटक बीच खिचातानी रहेको खबर सार्वजनिक भएपछि केहि समयदेखि यो चर्चामा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved