दोहोरो अंकले घट्यो बजार, बजार सम्हालिन नसक्नुको प्रमुख कारण नीतिगत अन्यौल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 03:20:00 PM मा प्रकाशित

साताको अन्तिम कारोबार दिन बिहीबार बजार घटेको छ । यो दिन नेप्से परिसूचक १०.४४ अंकले घटेर २ हजार ६८.३१ विन्दुमा बन्द भएको छ ।

गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से बुधबार सामान्य अंकले बढेर बन्द भएता पनि अन्तिम कारोबार दिन बिहीबार भने पुन : घटेको  छ।अघिल्लो कारोबार दिन नेप्से परिसूचक २.२७ अंकले बढेर २ हजार ७८.७६ विन्दुमा बन्द भएको थियो ।उक्त दिन ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक पनि २.६९ अंकले घटेर ३६५.०५ विन्दु कायम भएको छ ।यो दिन कारोबार भएका ३०६ वटा कम्पनीमध्ये ५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ८ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ ।यस दिन ३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

कतिपय लगानीकर्ताहरु नेप्सेले अपेक्षा अनुसार सकारात्मक गति समाउन नसेकेकोमा अन्यौलमा छन् । लगानीकर्ता केशव सिग्देल अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको अवस्थामा समग्र धितोपत्र बजार सुस्त हुनुमा नीतिगत कारण नै प्रमुख रहेको बताउँछन् ।उनका अनुसार समग्र धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति पनि राजनीतिक खिचातानीका कारण हुन सकेको छैन । यस्तो अन्योले समग्र बजारलाई नै प्रभाव पार्दछ ।

यो दिन  शिर्ष कारोबार माउन्टेन इनर्जिको छ । उक्त कम्पनीको १७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्टक्चरको १५ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै सीईडीबी हाइड्रोपावरको ९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।त्यस्तै, पोखरा फाइनान्सको८ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।यसैगरी गोर्खाज फाइनान्सको ८ करोड ६८ लाख बराबरको कारोबार भएको  छ।

यो दिन कालिका लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी अर्थात् ७.७१ प्रतिशतको दरले शेयरमूल्य बढेको छ । त्यस्तै  बाराही हाइड्रोपावरको शेयरमूल्य ६.६३ प्रतिशतले बढेको छ । यस्तै सनराइज ब्लूचिप फण्डको इकाई मूल्य ५.४६ प्रतिशतले बढेको  छ।त्यस्तै गुडवील फाइनान्सको शेयरमूल्य ५.४६ प्रतिशतले बढेको छ ।

यसैगरी, यो दिन कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयरमूल्य ९.२८ प्रतिशतले घटेको  छ। त्यस्तै यो दिन भगवती हाइड्रोपावरको शेयरमूल्य ५.४७ प्रतिशतले घटेको छ।यस्तै ग्लोबल आइएमई  लघुवित्तको शेयरमूल्य पनि ५.३१ प्रतिशतले घटेको छ।

नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये यस दिन वित्त र म्युचुअल फण्ड बाहेक अरु सबैमा रातो पोतिएको  छ। यो दिन सबैभन्दा बढी वित्त उपसमूह १.८२ प्रतिशतले बढेको छ । त्यस्तै म्युचुअल फण्ड ०.१३ प्रतिशतले बढेको  छ।उता यो दिन सबैभन्दा बढी होटल एन्ड टुरिजम उपसमूह ०.९२ प्रतिशतले घटेको छ ।त्यस्तै विकास बैंक उपसमूह ०.८२ प्रतिशतले घटेको  छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved