साताको बजार : घरेलु बजारमा शेयरको मूल्य घट्यो,सुनको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 07:30:00 AM मा प्रकाशित

यो साता समग्रमा शेयर बजारको सूचकांक घटेको छ भने सुनको मूल्य बढेको छ ।

यो साता नेप्से परिसूचक ४३.३८ अंकले घटेको छ ।यो साता नेप्से परिसूचक २ हजार ६८.९१ विन्दुमा बन्द भएको छ ।अघिल्लो साता भने नेप्से २ हजार ११२.२९ को विन्दुमा बन्द भएको थियो । 

यो साता परिसूचक र कारोबार रकममा आएको वृद्धिले बजार सकारात्मक बन्ने अपेक्षा गरिए पनि त्यो हुन सकेन । अघिल्लो साता ३४।५१ अंकले बजार बढेको थियो । यो साता दोस्रो बजारमा १६.८ अर्बको कारोबार भएको छ ।अघिल्लो साता चाहिं २८.५७ अर्ब  रुपैयाँको कारोबार भएको थियो । 

यो साता बजार पूँजीकरण ३२.७९ खर्ब रहेको छ । अघिल्लो साता बजार पूँजीकरण ३३ खर्ब ४९ अर्ब रुपैयाँ थियो । यसआधारमा हेर्दा यो साता बजारमा गिरावट आएका कारण ७० अर्बले बजार पूँजीकरण घटेको छ ।समग्रमा गत साता नेप्से परिसूचक बियरिश प्रवृत्तिमा थियो। 

उता सुन भने घरेलु बजारमा मंहगिएको छ । गत शुक्रबार सुन तोलामा १ हजार ९०० रुपैयाँले वृद्धि भएको थियो । त्यसदिन सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो कारोबार दिन बिहीबार भने सुुन प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य भने सातामा सामान्य घटबढ भएको  छ ।गत शुक्रबार चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो । 

अमेरिकी डलरको विनिमय दरमा देखिएको मजबुती र अमेरिकी रिजर्भ बैंक फेडले सार्वजनिक गर्न लागेको अमेरिकी बजारको मूल्यवृद्धि दरमा नियन्त्रणलगायत कारणले सुनको मूल्यमा असर परेको हो ।

सुरक्षित लगानी, सञ्चय गर्न सजिलो, तरल सम्पति जस्तो सुविधा र रसिया र युक्रेन  तथा इजरायल र हमास बीचको युद्धका कारण  मागमा बृद्धिका कारण सुनको मूल्यले उचाई लिन सक्ने अन्तरराष्ट्रिय बजार विश्लेषकहरुले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved