
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेको छ । यो दिन नेप्से परिसूचक ५.३७ अंकले घटेर २ हजार ६२.९४ विन्दुमा बन्द भएको छ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.४४ अंकले घटेर २ हजार ६८.३१ विन्दुमा बन्द भएको थियो ।उक्त दिन यस दिन ३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक पनि ०.६३ अंकले घटेर ३६४.४२ विन्दु कायम भएको छ ।यो दिन कारोबार भएका ३१७ वटा कम्पनीमध्ये ७८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ५ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामाबढेको छ ।यस दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
यो दिन शिर्ष कारोबार पोखरा फाइनान्सको छ । उक्त कम्पनीको १७ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
त्यस्तै रिलायन्स फाइनान्सको १३ करोड १६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।त्यस्तै,माउन्टेन इनर्जिको ११ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।यसैगरी,मान्डू हाइड्रोपावरको ९ करोड ९३ लाख बराबरको कारोबार भएको छ।
यो दिन पाँच वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा रिलायन्स,गणपति लघुवित्त वित्तीय संस्था,साधना लघुवित्त,मैलुङ खोला हाइड्रोपावर र नेपाल फाइनान्सको शेयरमूल्य बढेको छ । त्यस्तै बुद्धभुभि हाइड्रोपावरको शेयरमूल्य ८.१७ प्रतिशतले बढेको छ । यसैगरी, ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य ६.५८ प्रतिशतले घटेको छ।
यो दिन नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये तीन वटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचकमा रातो पोतिएको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ५.४९ प्रतिशत बढेको छ। यस उपसमूहको परिसूचक पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढ्दो क्रममा छ। त्यस्तै, यो दिन अन्य उपसमूहको परिसूचक ०.२५ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ।
कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक भने सर्वाधिक १.२३ प्रतिशत घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ।
पहिलो कारोबार दिन बजार घटेपनि कारोबारमा सुधार आएको अवस्था छ । असार महिना लागेयता बजारले गति लिन सकेको छैन । कतिपय लगानीकर्ताहरु मौद्रिक नीतिको पखाईमा रहेकाले बजार बढ्न नसकेको बताउँछन् ।