शेयर बजारले सरकारप्रति भरोसा र विश्वास देखाएको छ : प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2024 | 02:47:42 PM मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले शेयर बजारले नयाँ सरकारप्रति विश्वास र भरोसा देखाएको बताएका छन् ।

आइतबार संसदमा विश्वासका मत माग्ने क्रममा उनले सरकार बनेपछि अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको बताए ।उनले भने, ‘हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार हो । अब शेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुन्छ ।’

‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न शेयर बजार दुई सातामा ४०० अंकभन्दा धेरैले बढेको छ । नेप्से २७ महिनायताकै उच्च भएको छ’, उनले भने ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved