साताको पहिलो कारोबार दिन आइतबार बजार र कारोबार उच्च अंकमा वृद्धि भएको छ ।यो दिन बजार ६१.६१ अंकले बढेर नेप्से परिसूचक २ हजार ४८५.९४ विन्दुमा आइपुगेको छ।
यो दिन राम्रा बलिया कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि १३.५३अंक बढेर ४४९.६८ विन्दुमा आइपुगेको छ। यो दिन बजार र कारोबार उच्च अंकमा वृद्धि हुँदा १५ अर्बं २३ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि १५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।
यो दिन १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५६ वटा कम्पनीको घटेको छ भने ५ वटा को स्थिर छ ।यसैगरी, यो दिन नेप्सेमा सूचीकृत सबै उपसमूहका सूचकमा हरियाली छाएको छ ।
धितोपत्र बजारमा लगानीकर्ताको उत्साह आइतबार पनि देखियो। बजार र कारोबार बढ्दै जानुले पनि यहि पुष्टि गरेको छ । अझ खासगरी भन्ने हो भने लगानीकर्ता बैंकिङ उपसमूहमा आकर्षित हुँदा बजार बढ्न टेवा पुगेको हो ।
उक्त कम्पनीको ३४करोड १० लाखभन्दा बढीको कारोबार भएको छ ।त्यस्तै हिमालयन रिको ३० करोडभन्दा माथिको कारोबार भएको छ। यसैगरी,कुमारी बैंकको २७ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
पहिलो कारोबार दिन चार वटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा युनाइटेड मोदी हाइड्रोपावर,समता लघुवित्त वित्तीय संस्था,गणपति लघुवित्त वित्तीय संस्था र हिमालयन बैंक रहेका छन् ।यो दिन मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९.८६ प्रतिशतले बढेको छ। त्यस्तै यो दिन शिकलेश हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
पछिल्लो एक महिनामा समग्र शेयर बजार १७.२१ प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ । गत असार ६ गते नेप्से परिसूचक २ हजार ६८ विन्दुमा रहेकोमा साउन ७ गतेसम्ममा आइपुग्दा शेयर बजार लगभग २ हजार ५०० विन्दु नजिक छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विकासप्रति सरकार प्रतिबद्ध रहेको सार्वजनिक फोरमहरुमा बताइरहँदा यसको असर केहि साता यतादेखि शेयर बजारमा देखिएको छ । जसका कारण लगानीकर्ता थप उत्साहित बन्न पुगेका छन् ।
अझ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिने क्रममा आफ्नो सरकार बनेपछि अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको बताएपछि अझ बजार उच्च अंकले बढ्न टेवा पुगेको हो।