सूर्योदय वोमीको एफपीओमा थामीनसक्नुको आबेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2024 | 06:41:31 PM मा प्रकाशित

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा आइतबार बेलुकासम्ममा ३०५ गुणा भन्दा धेरै आवेदन परेको छ ।

गत साउन ४ गतेदेखि निष्कासनमा उक्त कम्पनीको एफपीओमा दुई कारोबार दिन मै १ करोड ४२ लाखभन्दा बढी कित्ताका लागि आवेदन परेको हो ।यो निष्कासित शेयर सख्याको ३०५ गुणा बढी आवेदन हो ।

सीडिएस एण्ड क्लियरिंग लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेसम्ममा कम्पनीको एफपीओमा ९ लाख ५३ हजार ८८३ जनाले आवेदन दिएका छन् ।कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्कासनमा ल्याएको हो ।

अहिले धितोपत्र बजारमा उक्त कम्पनीको मात्र सर्वसाधारणका लागि शेयर निष्कासनमा छ ।लामो समयदेखि धितोपत्र बजारमा प्राथमिक शेयरहरु निष्कासनमा आएका छैनन् । जसका कारण कम्पनीको शेयरमा अझै साउन ८ गतेसम्म आवेदन दिन पाउने हुँदा आवेदनको ओइरो लाग्ने देखिन्छ ।

यस आधारमा कम्पनीको शेयर पाउन गोलाप्रथा(चिट्ठा) कै भरपर्नु पर्ने देखिएको छ ।शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved