वाणिज्य बैंकको शेयरमूल्यमा तीब्र उतारचढाव, ७ को मूल्य बढ्दा अरुको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2024 | 12:49:22 PM मा प्रकाशित

साताको पहिलो कारोबार दिन आइतबार गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश वाणिज्य बैंकको शेयरमूल्य घटेको छ ।

कारोबार भएको डेढ घण्टाको अवधिमा सात वटा वाणिज्य बैंकको शेयरमूल्य बढेको छ भने ११ वटा बैंकको माग घटेको छ ।

 वित्तीय विवरण सर्वाधिक राम्रो भएको प्रभु बैंकको शेयरमूल्य ५.५० प्रतिशतले बढेको छ । उक्त कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा यो वर्ष १ हजार ४९९ प्रतिशत नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष २८ करोड २ लाख नाफा कमाएको उक्त कम्पनीले सोही अवधिमा ४ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको लाभांश क्षमता ५.२ प्रतिशत छ ।

त्यसैले पनि यो दिन लगानीकर्ताहरु उक्त कम्पनीको शेयरप्रति आकर्षित भएका छन्। त्यस्तै, कृषि विकास बैंकको शेयरमूल्य तीन प्रतिशतले बढेको छ भने नबिल बैंकको शेयरमूल्य २.२२ प्रतिशतले बढेको छ । एभरेष्ट, कुमारी, लक्ष्मीसनराइज, प्राइम कमर्सियल, नेपाल एसबीइआई, स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य बढ्दा 

१० वटा वाणिज्य कम्पनीकै शेयरमूल्य भने घटेको छ । सिटीजन्स बैंक, ग्लोबल आइएमई, हिमालयन बैंक,माछापुछ्रे बैंक, नेपाल बैंक,एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक,एनएमबि बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकको शेयरमूल्य ३.७२ देखि १ प्रतिशतभन्दा कमले घटेको छ । 

यो समाचार तयार पार्दाको समय १२ : ५० बजेसम्ममा नेप्से सूचकमा तीब्र उत्तारचढाव आइरहेको छ । विशेषगरी नाफा बुक गर्ने लगानीकर्ताहरु बजारमा हावी भइरहेका छन् ।

डेढ घण्टामै नेप्से सूचक ११.७० अंकले बढेर २ हजार ७६७.३२  विन्दुमा आइपुगेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका  ३०१ कम्पनीको १ करोड ९३ लाख कित्ता शेयर खरिदबिक्री हुँदा करिब १० अर्ब  रुपैयाँको कारोबार भएकोछ  ।सर्वाधिकर कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनी,सीईडीबी हाइड्रोपावर र प्रभु बैंकको भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved