साताको पहिलो कारोबार सोमबार नेप्से परिसूचक २ हजार ८०० को मनोवैज्ञानिक विन्दुबाट अगाडि बढेको छ ।
यो समाचार तयार पार्दाको समय १ : ५५ बजेसम्ममा नेप्से सूचक ४५.६८ अंकले बढेर २ हजार ८०० विन्दुको प्रतिरोधलाई तोडेर अघि बढेको छ । तीब्र उत्तारचढाब भइरहेको बजारमा नेप्से सूचक तीन वर्षपछि यो विन्दुमा पुगेकोहो ।
हालसम्म १५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । जसमा ३ करोड ४० लाख कित्ता शेयर किनबेच भएको छ । त्यस्तै सात वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अधिकांश सर्किट लाग्ने कम्पनीमा जलविद्युत् कम्पनी छन् ।पछिल्लो साता कारोबार रकमका साथै नेप्से परिसूचक लगातार बढीरहेको छ । पछिल्लो पटक करिब २२ अर्बको रेकर्ड कायम गरेसँगै लगानीकर्ता उत्साहित मात्र भएका छैनन्, ब्रोकर कम्पनीको कार्यालयमा भीडभाडसमेत बढेको छ ।