लगानीकर्ता ढुक्क हुन नसक्दा २८ सय विन्दुबाट फर्कियो बजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2024 | 03:23:54 PM मा प्रकाशित

 साताको पहिलो कारोबार दिन सोमबार दिन नेप्से परिसूचक ४०.७६ अंकले बढेर २ हजार ७९६.३८ विन्दुमा आइपुगेको छ ।

नेप्से सूचक सोमबार पनि २ हजार ८०० को मनोवैज्ञानिक विन्दु परीक्षण गरेर फर्किएको छ। दुई पटकसम्म २ हजार ८०० को मनोवैज्ञानिक विन्दुलाई पार गर्ने प्रयास गरे पनि  लगानीकर्ताहरुले ठूलो परिमाणमा नाफा बुक गरेकाले सफल हुन भने सकेन । कारोबारको शुरुवात देखिनै नेप्से सूचकमा तिब्र रुपमा उतारचढाव आएको थियो । 

 यो दिन ३२६ वटा कम्पनीको ४ करोड ९६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा २१ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको थियो । यो हालसम्मकै दोस्रो ठूलो कारोबार पनि हो । अघिल्लो साता २१ अर्ब ९१ करोड रुपैयाँको सर्वाधिक उच्च कारोबार भएको थियो ।

यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेकस भने ०.९७ अंकले घटेर ४९१.७८ विन्दुमा झरेको छ ।



यो दिन ११ वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको  छ। जसमा रु रु हाइड्रोपावर,सीईडीबी हाइड्र्रोपावर,सगरमाथा जलविद्युत्,कुथेलीबुखारी स्मल हाइड्रोपावर,भगवती हाइड्रोपावर,माथिल्लो मैलुङखोला हाइड्रोपावर,भिजन लुम्बिनी, मुक्तिनाथ कृषि कम्पनी,सीटी होटल,माउन्टेन हाइड्रोपावर र ह्याथ वे कम्पनी छन् ।

त्यस्तै यो दिन नेपाल फाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको  छ। यसैगरी,हिमालयन लघुवित्तको शेयरमूल्य ७.६२ प्रतिशतले घटेको छ ।

कारोबार  शुरु भएदेखि नेप्से परिसूचकमा दिनभर तिब्र उतारचढाव भइरह्यो । यो दिन बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

कतिपय बैंकले राम्रो नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक भएको छ भने कतिपयको वित्तीय विवरण स्वस्थ्य पनि छैनन् । अर्थात् ती कम्पनीको लाभांश क्षमता पनि न्यून छन् । 

यो दिन शिर्ष कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स छ । उक्त कम्पनी एक्लैको १ अर्ब २५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।  ठूलो परिणाममा  आईपीओ निष्कासन गरेको यस कम्पनीको शेयर अधिकांश लगानीकर्ताहरुसँग छ ।  कम्पनीको  शेयरको मूल्य  प्रतिकित्ता ८४४.९० रुपैयाँ पुगेपछि लगानीकर्ताहरुले नाफा बुक गरेका छन् ।

 त्यस्तै दोस्रो ठूलो कारोबार गर्ने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर डेभलपमेन्ट बैंक छ । उक्त कम्पनीको ४७ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । यो दिन कम्पनीको शेयरमूल्य अस्वाभाभिक रुपमा बढेपछि सोमबार संसदमासमेत  शेयरमूल्यलाई लिएर सांसदहरुले प्रशन उठाएका छन् ।

यसैगरी, यो दिन सानिमामाई हाइड्रो पावर, शिवम् सिमेन्ट र माउन्टेन इनर्जी कम्पनीको ३९ करोड रुपैयाँदेखि ४१ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

आजको बजार बारे शेयर लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसीले लामो समयदेखि  घटेको बजारलाई मौद्रिक नीतिले थप  उनले भने,‘अहिले नेप्से सूचक आफैले यसअघि बनाएको गोरेटोमा हिँडेको छ जबसम्म आफुले यसअघि बनाएको गन्त्तब्यसम्म पुग्दैन, तबसम्म बजारको गति रोकिन्न ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved