शेयर बजारमा एक महिनाको मेहनत एकैदिनमा स्वाहा, कारोबारमा नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2024 | 03:19:22 PM मा प्रकाशित

साताको तेस्रो कारोबार दिन मंगलबार ठूलो अंकले करेक्सन आउँदा लगानीकर्ता आत्तिएका छन् भने कारोबार रकम भने हालसम्मकै उच्च भएको छ ।

शेयर बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । यो दिन नेप्से सूचक १४५.०५ अंकले घटेर २ हजार ६५१.३२ विन्दुमा झरेको छ । त्यसैगरी यो दिन  ३२२ वटा कम्पनीको ५ करोड ३८ लाख कित्ताभन्दा बढी शेयर खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड रुपैयाँको उच्च कारोबार भएको छ । यसअघि २१ अर्ब ९१ करोड रुपैयाँको उच्च कारोबार भएको थियो ।

बजार खुलेको शुरुवातमा २ हजार ८०० को मनोवैज्ञानिक विन्दुको परीक्षण गरेर फर्किएको नेप्से सूचकमा लगानीकर्ता सम्हालिन नसक्दा पहिरो गएको हो । अर्कोतर्फ लगानीकर्ताहरु बजारमा उत्तारचढाव आएपछि आत्तिएका लगानीकर्ताहरु बीच नाफा बुक गर्ने  प्रतिस्पर्धाले ठूलो प्रेसर बनाएको थियो । अर्कोतर्फ प्रतिनिधि सभा संसदनमा सासंदहरुले अहिले बजार बढाई अस्वभाविक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

एक जना सासंदले त कम्पनीको नाम नै लिएर भित्री कारोबार भएको आंशक व्यक्त गर्दै छानविनको माग गरेका थिए ।   आज ठूलो अंकको नाफा बुक हुँदा कारोबार रकम भने हालसम्मकै उच्च भएको छ । ५ करोड ३८ लाख कित्ता शेयर किनबेचहुँदा २३ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि २१ अर्ब ९१ करोडको उच्च कारोबार भएको थियो ।

यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि २७.२२ अंकले घटेर ४६४.५६ विन्दुमा झरेको छ ।



 ११ कम्पनीको शेयरमूल्यमा उल्टो सर्किट
११ वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा नकारात्मक लागेको छ । यो दिन नेपाल फाइनान्स, गोर्खाज फाइनान्स,सेन्ट्रल  फाइनान्स,एनआरएएन इन्फाष्ट्रचर डेभलपमेन्ट, पञ्चकन्यामाई हाइड्रो,शुभम् पावर, हाथवे इन्भेष्टमेन्ट, ओरेन्ट होटेल श्री इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र मोलुङ हाइड्रो पावर कम्पनी शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । नेप्से उच्च अंक घटेपनि यस दिन थ्रिस्टार हाइड्रोपावर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 


कारोबार रकमका आधारमा यो दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा छ।उक्त कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यो दिन नेपाल रि इन्स्योरेन्सको ४८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सीईडीबी हाइड्रोपावरको ४३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक राताम्य भएका छन्। जसमध्ये वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ८ प्रतिशतभन्दा बढीले घटेको छ। यसैगरी, यो दिन लगानी र जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै बैंकिङ्ग, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ।

आजको बजार बारे नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियारले यतिधेरै ठूलो अंकको करेक्सन आउनुमा मुख्यतया नाफा बुक गर्ने प्रतिस्पर्धा नै प्रमुख कारण रहेको बताए । उनले भने,‘अन्तरराष्ट्रिय रुपमा बजारमा आएको गिरावट, बंगलादेशको राजनीतिक घटनाक्रम र बढेको  बजारमा नाफा बुक राख्ने प्रतिस्पर्धाले करेक्सन आयो।’

करिब तीन महिनादेखि सुस्त अवस्थामा रहेको नेप्से सूचकमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकार बनेपछि उत्साहित बनेको शेयर बजार बढेर २ हजार ८०० विन्दुसम्म एक एक महिना लागेको थियो । २ हजार अंकमा रहेको नेप्से सूचक एक महिनाभित्र ८०० विन्दुभन्दा माथिले बढेको बजारमा  मंगलबार १४५ अंकले घट्दा २ हजार ६०० विन्दुभन्दा तल झरेको छ ।

यसले लगानीकर्तालाई निकै त्रसित बनाएको छ ।  सासंदहरुले पनि  शेयर बजारमा अस्वभाविक बजार बढेकोप्रति प्रश्न उठेको अवस्था छ । २ हजार ८०० को विन्दुमा रहेको बजार एकाएक घट्दा लगानीकर्ता आत्तिएर नाफा सुरक्षित गर्नतर्फ लागेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved