डोल्मा इम्प्याक्टले मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर बिक्री गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2024 | 01:43:33 PM मा प्रकाशित

डोल्मा इम्प्याकट–१ ले मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर बिक्री गर्ने भएको छ ।

डोल्माले उक्त कमपनीको २६ लाख ५ हजार ९०० कित्ता शेयर दोस्रो बजारमा बिक्री गर्ने बताएको छ । विद्युत् सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम सर्वसाधारणको जानकारीका लागि  सूचना जारी गरेको कम्पनीले बताएको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावरमा मुख्य संस्थापक रहेको डोल्मा इम्प्याक्ट फन्ड- १ ले होल्ड गरेको शेयरको दुई महिना अघि लकइन अवधि सकिएको थियो ।जसअनुसार डोल्मा इम्प्याक्टले उक्त हाइड्रोपावरको शेयर बिक्री गरेर बाहिरिने  योजना बनाएको हो ।

उक्त कम्पनीको बुधबार दोस्रो बजारमा शेयरमूल्य प्रतिकित्ता ५७६.४० रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved