नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।सूचीकृत बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार हुनेछ ।
कम्पनीले गत बैशाख २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४.७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।