शेयर कारोबार बढेपछि नेप्सेले भन्यो : लगानीकर्ताको गुनासो सम्बोधन गर्नू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2024 | 05:17:55 PM मा प्रकाशित

बजार सञ्चालक नेपाल स्टक एक्सञ्चेन्ज (नेप्से) ले शेयर कारोबार रकम बढेपछि ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा समस्या आएपछि धितोपत्र दलाल व्यवसायी(ब्रोकर कम्पनी) हरुलाई गुनासो सम्बोधन गर्न आग्रह गरेको छ । 

बुधबार एक विज्ञप्ति जारी गर्दै नेप्सेले लगानीकर्ताहरुबाट टिएमएसमा समस्या आएको, खरिदबिक्री गर्न समस्या आउनुका साथै भुक्तानी पनि ढिला भएको गुनासो बढेको बताएको छ ।

‘लगानीकर्ताहरुको गुनासो सम्बोधन गर्ने जिम्मेवारी पनि सम्बन्धीत धितोपत्र दलालकै भएको हुँदा  यथाशिघ्र सम्पन्न गर्नेगरी आवश्यक व्यवस्थापन गर्नु’, विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस विज्ञप्ति :

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved