पूर्वअर्थमन्त्री तथा सांसद प्रकाशशरण महतले आफूले संसदमा धितोपत्र बजार बारे सचेत नागरिक हुनु हैसियतले आम लगानीकर्ताको हितलाई ध्यानमा रखेर यसअघि बोलेको बताएका छन् ।
उनले भने, ‘एउटा संसद सदस्यको दाहित्वको हिसाबले आफूले भनाइहरु राखेको हो,आफूले केहि कम्पनीको शेयरमूल्य किन अस्वभाविक रुपमा बढको हो भनेर प्रश्न गरेको हुँ, शेयर बजार बढ्नु हुँदैन भनेको छैन,लगानीकर्ताको हितमा बोलेको हो, त्यसमा मलाई केहि खेद छैन।’
उनले आफूले संसदमा भनेको कुराले कसैको मनमा बिझेको छ भने मलाई मतलब छैन,आम लागानीकर्ताको हितामा बोलेको छु, मेरो केहि स्वार्थ पनि छैन भने ।
उनले यसरि सीमित कम्पनीको मूल्य बढ्नुमा नेपाल धितोपत्र बोर्डको कर्मचारीकै मिलोमतोमा भित्री कारोबार भएको बताए। उनले भने, ‘आफुले अर्थमन्त्री भएको समयमा बोर्डकै कर्मचारीको मिलेमतोमा भित्री कारोबार हुने गरेको थाहा पाएको र छानबिन समिति बनाएर पनि काम गरेको तर पछि सरकार फेरिएकोले अहिले के भयो मलाई थाहा छैन ।’
उनले धितोपत्र बजार नियामक निकायको नेतृत्व लगातार मन्त्रीले फेरि रहँदा सन्देश राम्रो नजाने पनि बताए । शेयर बजारले सबै अर्थतन्त्र धानेको भन्ने कुरा सत्य नभएको भन्दै उनले भने, ‘यसले हाम्रो अर्थतन्त्र कता जाँदै छ भन्ने चिनाउन चाहिं सक्छ ।’
पूँजीबजारमा लगानीकर्ता बीच सक्ने चलखेललाई रोक्नु पर्ने र लगानीकर्ताले लागनी सुनिश्चित ढङ्गले लगानी गर्न पाउनु पर्ने उनको भनाइ छ ।नेपालको पूँजीबजार सम्बन्धी समसामयिक विषयमा बिहीबार धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्डका पदाधिकारीको सहभागितामा बैठक चलिरहेको छ।