२० अर्ब नाघ्यो शेयर कारोबार, ७ कम्पनीको शेयरमूल्य १०% वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2024 | 03:24:12 PM मा प्रकाशित

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ६.७० अंकले बढेर २ हजार ७६६.३८ विन्दुमा आइपुगेको छ ।

दिनभरी नेप्से सूचकमा उत्तारचढाव भएको थियो । यो दिन बजारमा दबाबको अवस्था सृजना भएता पनि लगानीकर्ता बीच शेयर खरिद गर्ने र बिक्री गर्ने प्रतिस्पर्धा पनि निक्कै समयसम्म चलिरह्यो । जसका कारण अन्तिम कारोबार समयमा आएर भने नेप्से सूचक सामान्य बढेर बन्द भएको हो ।

यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ अंकले बढेर ४८३.६८ विन्दुमा पुगेको छ ।यो दिन ३२२ वटा कम्पनीको ५ करोड ९ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २० अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन भने बजार १०८.३५ अंकले बढेको थियो भने १७ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ठूलो अंकले बजार बढ्दा आज पनि बजारमा करेक्सन आउन सक्ने लगानीकर्ताहरुको विश्लेषण पनि थियो । यद्यपी बजार बढेर बन्द भएको छ ।

 यो दिन सामान्य बढेको बजारमा सात ओटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट,घोराही सिमेन्ट,मिडसोलु हाइड्रोपावर कम्पनी, सोनापूर मिनरल्स एण्ड आयल्स,सर्वोत्तम सिमेन्ट,कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

सामान्य बजार बढ्दा एनआएएन इन्फाष्ट्रचर डेभलपमेन्ट, सानिमा बैंकको डिबेन्चर,एलएलबी डिबेन्चरको ५.८७ प्रतिशतदेखि ८.०४ प्रतिशतले मूल्य घटेको छ ।

यसैगरी, यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट छ । उक्त कम्पनीको १ अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।त्यस्तै नेपाल इन्फ्रास्टक्चरको ९२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।सोनापुर मिनरल्सको ४५ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ। त्यस्तै सानिमामाई हाइड्रो पावरको ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूह मध्ये उत्पादन तथा प्रोसेसिङ,लगानी,हाइड्रोपावर,व्यापार,म्युचुअल फन्ड, निर्जीवन बीमा कम्पनीमा हरियाली छाएको छ भने अरु समूहमा रातो पोतिएको छ ।

यो दिन सर्वाधिक बढ्ने उपसमूहमा उत्पादन तथा प्रोसेसिङ छ । यो उपसमूह ५.८७ प्रतिशतले बढेको छ। यसैगरी, लगानी उपसमूहको परिसूचक १.३३ प्रतिशत बढेको छ ।त्यस्तै होटल उपसमूहको सूचक १.२७ प्रतिशतले घटेको छ । 

बिहीबार अर्थ समितिमा पूँजीबजारको विकासबारे समयसामायिक विषयमा केन्द्रित   रहेर भएको छलफलमा  केहि सासंदहरुले कम्पनीको नामै लिएर शेयर बजारमा अस्वभाविक कारोबार भएको भन्दै प्रश्न उठाएका थिए । त्यस्तै अहिलेको बजारमा बढ्नुको पछाडी भित्रि चलखेल भएको हुनसक्ने भन्दै अधिकांश साँसदले बजार नियामक धितोपत्र बोर्डमाथि नै प्रश्न  उठाएका थिए ।

नियामक निकायले यस विषयमा कतिको अनुगमन गरेको छ भन्दै प्रश्न गरिएको थियो। तर बोर्डका पदाधिकारीहरुले भने कतिपय शेयर बजार हल्लाकै भरमा शेयर बजार बढ्ने घट्ने हुनाले यसलाई प्रविधिमार्फत सुक्ष्म नियमन आवश्यक रहेको धारणा राखेका थिए। कारोबारकै समयमा यो बैठक भइरहँदा दोस्रो बजारमा परिसूचक र कारोबार दुबैमा उतारचढाव भएको देखिन्थ्यो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved