साताको शेयर समीक्षा : तीव्र उतारचढाव भएको बजारमा १०.७६अंकको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 06:34:48 PM मा प्रकाशित

यो साता तीव्र उतारचढावका हुँदा पनि बजार १०.७६ अंकले मात्र बढेको छ । यो साता अधिकतम १४५अंकको साथ बजार घट्ने र अनि फेरि १०८ अंकले बजार बढ्ने गतिविधि भएको देखियो। 

यो साता धितोपत्र बजारमा चार दिन कारोबार भएको छ । आइतबार भोटो देखाउने जात्रा भएका कारण कारोबार भएन, बाँकी चार कारोबार दिनमा तीन दिन बजार बढ्यो भने एक दिन मात्रै बजार घटेको छ। अघिल्लो साता २ हजार ७५५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७६६.३८ को विन्दुमा बन्द भएको छ । यसलाई आधार मान्दा बजार १०.७६ अंकले मात्र बढेको छ । अघिल्लो साता चाहिं बजार १८७ अंकले बढेको थियो ।  

 त्यसो त अघिल्लो साता भने चार कारोबार दिनमा तीन दिन बजार बढेको थियो भने एक दिन मात्रै बजार घटेको थियो । यो  साता ८३ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने अघिल्लो साताको पाँच कारोबार दिनमा करिब ९६ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । 

उत्ता यो साता तिब्र बजार उतारचढावका बीच बजार पूँजीकरण ४३.९१ अर्ब रुपैयाँ पुगेको छ । तर अघिल्लो साता भने बजार  पूँजीकरण ४३.७२ खर्ब रुपैयाँ थियो । यसलाई तुलना गर्दा यो साता  बजार बढेका कारण १९ खर्बले बजार पूँजीकरण पनि बढेको छ । 

बजार तिब्र रुपमा बढिरहकै समयमा संसद,सडक, होटलदेखि अर्थ समितिमासमेत शेयर बजारकै विषयमा बहस चुलिएको भएपनि यो साता लगानीकर्ता भने सम्हालिएका थिए ।साउन २२ गते मंगलबार १४५ को उच्च अंकले बजार घट्दा भने हालसम्मकै उच्च कारोबार अर्थात् २३ अर्ब ५० करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यो साता बजारमा तीव्र उतारचढाव आउँदा जलविद्युत उपसमूहका लगानीकर्ता उल्लेख्य मुनाफा कमाएका छन् । यो साता सबै भन्दा उच्च प्रतिफल कमाउनेमा कुथेली बुखरी हाइड्रोपावरका लगानीकर्ता छन् । त्यस्तै सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताहरुले करिब २६ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीकर्ताहरुले २५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सका लगानीकर्ताहरुले २४.५५ प्रतिशत नाफा कमाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved