साताको पहिलो कारोबार दिन आइतबार बजार अन्त्य हुने समयसम्ममा शेयर कारोबार हालसम्मकै उच्च भएको छ ।
यो साउन महिनामा मात्रै शेयर कारोबारमा हालसम्मकै तेस्रोपटक रेकर्ड ब्रेक भएको हो। यसअघिको सबैभन्दा धेरै २० अर्ब ६४ करोड, त्यसपछि २१ अर्ब ९१ करोड र २३ अर्ब ९१ करोडको रेकर्डलाई ब्रेक गरेर कारोबारको क्षेत्रमा अहिलेसम्मकै उच्च कारोबार भएको छ।
यो दिन बजार बन्द हुनुभन्दा केहि मिनेट अघिसम्ममा २४ अर्ब १२ करोड रुपैयाँ बराबरको उच्च कारोबार भएको छ ।
साताको पहिलो कारोबार दिन नेप्से सूचक बढेर २ हजार ८५२ विन्दुमा आइपुगेको छ । साउन महिना यता मात्र शेयर कारोबारमा तीन पटक नयाँ रेकर्ड बनेको छ ।
थप प्रतीक्षा गर्नुहोला .....