उच्च अंकले बढेको बजारमा ‘ब्रेक’, कारोबार रकम २१ अर्बमा सीमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2024 | 03:18:31 PM मा प्रकाशित

साताको तेस्रो कारोबार दिन मंगलबार दिन नेप्से सूचकमा सामान्य करेक्सन आएको छ ।

लगातार चार दिनदेखि उच्च अंकले बढेको बजारमा पाँचौ कारोबार दिनमा आइपुग्दा करेक्सन आएको हो । यो दिन नेप्से सूचक ८.१८ अंकले घटेर २ हजार ९२३.४६ विन्दुमा आइपुगेको छ ।

यो दिन २१ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो । चार दिनसम्म नेप्से सूचक २८०.३२ अंकले बढेपछि पहिलोपटक करेक्सन आएको हो ।

यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १.३२ अंकले घटेर ५११.१५ विन्दुमा पुगेको छ ।
 यो दिन कारोबारमा आएका ३३२ वटा कम्पनीको ५ करोड २७ लाख कित्ता शेयर किनेबेच हुँदा २१ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा  नेपाल फाइनान्स छ ।उक्त कम्पनीको ८२ करोड रुपैयाँको कारोबार भएको छ।


हिमालयन रिइन्स्योरेन्स कम्पनीको ६८ करोड २१ लाख  रुपैयाँको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट, अपि  पावर कम्पनी,अरुणभ्याली हाइड्रो पावर कम्पनीको ४२ करोड रुपैयाँदेखि ४४ करोड ४२ लाख रुपैयाँ कारोबार भएको छ ।

यो दिन ६ वटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । यो दिन मातृभूमि लघुवित्त वित्तीय संस्था,पिपुल्स पावर, डोल्टी पावर कम्पनी,गूडवेल फाइनान्स,न्यादी  हाइड्रो पावर, मिडसोलु हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेर सर्किट लागेको हो । सामान्य घटेको बजारमा  यो दिन नेपाल फाइनान्सको नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सगरमाथा जलविद्युत कम्पनी,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था,मैलुङ खोला जलविद्युत कम्पनी र अभियान लघुवित्त वित्तीय संस्थाको ४.५९ प्रतिशतदेखि ७.११  प्रतिशतले घटेको छ ।यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूहहरु मध्ये बैंक, वित्त,लगानी, जीवन बीमा,व्यापार उपसमूह बढेको छ भने अरु समूहमा रातो पोतिएको  छ।

यो दिन सबैभन्दा बढी वित्त उपसमूह बढेको  छ। उक्त उपसमूह १.५४ प्रतिशतले बढेको छ । जीवन बीमा ०.५४ प्रतिशतले बढेको छ भने बैंकिङ उपसमूह ०.४५ प्रतिशतले बढेको छ ।
यसैगरी,होटल्स एण्ड टुरिजम सबैभन्दा बढी अर्थात् २.२५ प्रतिशतले घटेको छ । त्यस्तै उत्पादन तथा प्रोसेसिङ उपसमूह १.४० प्रतिशतले घटेको छ । उता विकास बैंक उपसमूह भने १.३६ प्रतिशतले घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved