सनराइज सेक्युरिटिजले बुधबारदेखि व्यवसायिक रुप्मा सेवा सञ्चालन शुरु गरेको छ। एक कार्यक्रमका बीच लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन्।
सो अवसरमा उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास आफूलाई लागेको बताए ।
उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा पूँजीबजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सनराइज सेक्युरिटिजले गर्ने पनि बताए ।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा आफूलाई खुसी लागेको बताए ।
त्यसैगरी,सनराइज सेक्युरिटिजडका प्रबन्ध निर्देशक कमल गौतमले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरु गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गरिने बताए ।
काठमाडौंको गैह्रिधारामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीको अधिकृत तथा चुक्तापूँजी २० करोड रुपैयाँ छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले उक्त कम्पनीलाई ब्रोकर सदस्यता नम्बर १०० दिएको छ ।