यसकारण जलविद्युत् कम्पनीको शेयरमा झुम्मिएका छन् लगानीकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2024 | 06:18:06 PM मा प्रकाशित

यतिबेला शेयर बजार बुलिश गतिमा छ । नेप्से सूचकले हाल २ हजार ९०० विन्दुको परीक्षण गरिरहेको छ। कारोबार रकम पनि हालसम्मकै नयाँ रेकर्ड माथि रेकर्ड बनिरहेको छ । लगानीकर्ताहरु यतिबेला उत्साहित छन् । 

यी पाँच दिनको बीचमा लगानीकर्ताहरुले सेक्टर फेरिफेरि लगानी बढाइरहेका छन् । बजार बढेको समयमा समूहका सूचक फेरिफेरि लगानी गर्नु आफ्नो ठाउँमा छ। तर, अलग- अलग समूहका सूचकमध्ये घटेको बजारमा पनि जहिले पनि लगानीकर्ताको आकर्षणको कन्द्रविन्दुमा रहने जलविद्युत उपसमूह पनि एक हो।नेप्सेमा १३ वटा उपसमूह छन् । 

बुलिशमा होस् वा वियरिसमा लगानीकर्ताको आकर्षण जलविद्युत नै देखिन्छ । नेपाल स्टक एक्सञ्चेन्ज(नेप्से) मा सूचीकृत जलविद्युत उपसमूह अन्तर्गतका ९१ वटा जलविद्युत् कम्पनीहरु छन् । 

साताको  चौथो कारोबार दिन बुधबारको कुरा गर्ने हो भने पनि जलविद्युत कम्पनीको शेयरमा नै लगानीकर्ताको आकर्षण देखिन्छ । यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमा जलविद्युत उपसमूहको सूचक १.९१  प्रतिशतले बढेको छ।  यो दिन जलविद्युत उपसमूहका ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जसमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी,माउन्टेन हाइड्रो नेपाल,हिमालयन हाइड्रो, इङवा हाइड्रो पावर, अपर स्याङ्गे हाइड्रो पावर, अपी पावर कम्पनी छन् । 

यसबारेमा लगानीकर्ता देव गुरागाई जलविद्युत् कम्पनीको शेयरमूल्य बढ्नुमा यो कम्पनी धेरै भएको यसमा ट्रेडरहरु हाबी हुँदा कम्पनीको शेयर माथि उचालिएको बताए ।

उनले भने,‘ बुलिश होस या बेयरिस बजार होस् अधिकांश जलविद्युत कम्पनीको चुक्तापूँजी कम छ,यसले गर्दा पनि अलिक बढी शेयर जसले खरिद गर्छ, मूल्य अगाडि बढि हाल्छ ।’

-प्रस्तुत टिप्पणीसहितको समाचार कारोबारको लागि सिफारिस होइन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved