साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक घटेको छ । यो दिन १२.१०अंकले बजार घटेर २ हजार ७२७.३६ विन्दुमा आइपुगेको छ ।
यसअघि ३ हजार विन्दुभन्दा माथि पुगेको बजार केहि समययता अस्थिर बनेको छ । जसका कारण लगानीकर्ता अन्योल बनेका छन् । ३ हजारको मनोवैज्ञानिक विन्दुबाट माथि जाने आकलन गरेका लगानीकर्ताहरु बजार र कारोबार निरन्तर घट्दै गएपछि थप अन्योलमा परेका छन् ।
यो दिन पनि बजार र कारोबार दुबै घटेको छ । यो दिन लगानीकर्ताहरुले धेरै रकम बजार बढ्ने या नबढ्ने अन्योलताका कारण गुमाएका छन् । यो दिन ३१६ वटा कम्पनीको शेयर खरिदबिक्री हुँदा ९ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३२० वटा कम्पनीको शेयर किनबेच हुँदा १२ अर्ब ९२ करोडभन्दा बढीको कारोबार भएको थियो ।
यो दिन १०१ वटा कम्पनीको मूल्य बढेको छ भने १३८ वटा कम्पनीको मूल्य घटेको छ । यसका साथै पाँच वटा कम्पनीको मूल्य स्थिर छ । दिनभरको उताचढावका बीच शेयर बजार घटेर बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि २.३५अंकले घटेर ४८६.३६ विन्दुमा पुगेको छ।
त्यसैगरी,हिमालयन रिइन्स्योरेन्सको २९ करोड माथिको शेयर खरिदबिक्री भएको छ।त्यसैगरी, नेप्सेमा सूचीकृत १३ वटै उपसमूह मध्ये लघुवित्त र व्यापार बाहेक सबै उपसमूहमा रातो पोतिएको छ । यस दिन सबैभन्दा बढी लघुवित्त उपसमूहको परिसूचक १.६८प्रतिशतले बढेको छ। त्यस्तै व्यापार उपसमूह ०.१६ प्रतिशतले बढेको छ ।त्यस्तै यो दिन सबैभन्दा बढी लगानी उपसमूहको परिसूचक १.३६ प्रतिशतले घटेको छ।यसैगरी, हाइड्रोपावर उपसमूह १.०१ प्रतिशतले घटेको छ ।
यसैगरी, यो दिन एउटा मात्र कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेको छ ।त्यस्तै यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.१४ प्रतिशतले बढेको छ । यसैगरी, नेष्डो लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.४३ प्रतिशतले बढेको छ ।
त्यसैगरी,नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा बढी अर्थात् ८.९१ प्रतिशतले घटेको छ।विन्ध्यवासिनी हाइड्रोपावरको शेयरमूल्य भने ५.७७ प्रतिशतले घटेको छ ।