सिडीएससीलाई आएको निम्तोमा विदेश उडेपछि हाकिमहरुको आलोचना !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2024 | 10:17:10 PM मा प्रकाशित

nepal oil ltd

सिडीएस एण्ड  क्लियरिङ लिमिटेड (सिडीएससी) का कर्मचारीलाई आएको निम्तोमा विदेश उडेपछि अर्थमन्त्रालय र नेपाल स्टक एक्सचेन्जका कर्मचारीको चर्को आलोचना भएको छ । विशेषगरी सिडीएससीका कर्मचारीको जानुपर्नेमा उनीहरु काजकिस्तान गएपछि आलोचना भएको हो। 

'एसिया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजटरी ग्रुप' को २६ औं बार्षिक साधारणसभाको निम्तोमा कजाकिस्तान जानेमा अर्थमन्त्रालयका वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका उपसचिव केशव उप्रेती, नेप्सेका सीइओ कृष्ण बहादुर कार्की र नेप्सेका सिनियर कर्मचारी प्रविन पन्दाक रहेका छन्। 

सिडिएससी बाट योगराज जोशी र सुरेश न्यौपाने गएका छन्। नेप्सेका कार्की सिडीएससीका अध्यक्ष हुन् भने पन्दाक सिडीएससीको संचालक हुन्। अर्थमन्त्रालयका वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिडीएससी र नेप्सेलाई हेर्ने अर्थको महाशाखा भएकाले त्यसको नेतृत्त्व गर्दै उप्रेती कजाकिस्तान गएको अर्थको भनाई छ। 

विश्वभर रहेका ३३ वटा मुलूकका सिडीएससीका कर्मचारीलाई समेटेर हरेक वर्ष यस्तो साधारणसभा हुनेगर्दछ। यस्तो साधारणसभामा अहिलेसम्म सिडीएससी का कर्मचारी नै जाने गर्दथे। गतवर्ष कोरियामा भएको यो ग्रुपको साधारणसभामा सिडीएससी का प्रमुख कार्यकारी सहितको टिम गएको थियो। यो कार्यक्रममा भाग लिन जान लाग्ने सम्पूर्ण खर्च सिडीएससीले नै ब्योहोर्नुपरने हुन्छ। एक जनाको भागमा करिब ७ लाख रुपैयाँ खर्च हुने सिडीएससी ले जनाएको छ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved